गोकुलेश्वर। नेकपा एमालेको चुनावी सभा सकिदैं छ । निर्वाचन आयोगको मौन अवधि सकिन लाग्दा एमालेको चुनावी सभा सकिन लागेको हो ।
बुधबार नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्ना, प्रदेश सभा १ का उम्मेदवार हरदेव जोशी लगायतको उपस्थितिमा महाकाली नगरपालिका १ छापरीमा आमसभा गरेको हो ।

जिल्लाभरीका ९ वटै स्थानीय तहमा एमालेले घरदैलो अभियान तथा चुनावी सभा गरेको छ।चुनावीसभामा महाकाली नगरपालिका—१ छापरीका नेपाली कांग्रेस गाउँ कार्यसमिति उपसभापति रामसिंह कार्की, विरसिंह कार्की र सुरेश भूलले नेकपा एमाले प्रवेश गरेका छन् ।
छापरीमा भएको चुनावीसभालाई सम्बोधन गर्दै एमालेकातर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले सामाजिक सुरक्षा कार्यक्रम एमालेले ल्याएको भन्दै यस्तो कार्यक्रम अरु कसैले ल्याउन नसक्ने बताए ।
उनले भने,’हामीले सामाजिक सुरक्षा कार्यक्रममार्फत ११ हजार बढि जेष्ठ नागरिकलाई सम्बोधन गरेका छौ । हाम्रो पार्टी सरकारमा हुँदा सामाजिक सुरक्षा भत्ता बढाउँदै लगेका थियौ । पाँच वर्ष सरकार चलाउन पाएका भए पाँच हजार भत्ता पुर्याउथ्यौँ,तर परमादेशी सरकारका कारण हामीले पूरै सरकार चलाउन पाएनौ ।’
हामी सरकारमा जाने वित्तिकै अझै समय सापेक्ष सामाजिक सुरक्षा भत्ता बढाउँदै लग्ने उनको भनाई छ ।



