दार्चुला।चुनाव नजिकिएसँगै जिल्लाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ ।

सीमा क्षेत्रबाट चोरी तस्करी र आपराधिक क्रियाकलाप बढ्नसक्ने सम्भावना रहने हुँदा सशस्त्र प्रहरी बल नेपाल नं.४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो ।
भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको र मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको ४४ नं गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले बताए ।
जिल्लामा अहिले लाली, जोलजीवी, दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको छ ।



