दार्चुला।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अछामी जनताको बलियो साथ रहेको बताएका छन् ।
अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका मन्त्री कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने,गर्न सकिने कुरा मात्रै बोल्ने,अरु जस्ता चिल्ला चिल्ला गफ नगर्ने ,आफु निष्ठा र ईमान्दारीताको राजनीति गर्ने भएकाले जनताको बलियो साथ रहेको बताएका हुन् ।

उनले ईमानदारीताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेद्वारलाई वहुमतले विजयी आम मतदातासँग गराउन आग्रह गरेका छन् । मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवी भएका ईमान्दार उम्मेदवारहरुलाई मंसिर ४ मा मतदान गर्न अनुरोध पनि समेत गरे ।
कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै मन्त्री कँवरले संविधानको रक्षा, मुलु्कको समृद्धि र विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
यसअघिको चुनावमा जनताले एमालेलाई झण्डै दुई तिहाइ मत दिएकोमा त्यो जनमत जोगाउन नसकि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत बारम्बार संसद विगठन गरेको बताए ।
मन्त्री कुँवरले ओलीको सनकी प्रवृति, देखावटी राष्ट्रियता र झुटा, कोरा गफकाविरुद्ध साझा मतका साथ उभिन आग्रह गरे ।



