No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले दार्चुलाको प्रचार प्रसार अभियान जारी

'नौगाडको विकासमा एमालेले अहम भुमिका खेलेका हो' : ठगुन्ना

गोकुलेश्वर। निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले दार्चुलाले प्रचार प्रसार कार्यक्रम पनि तिब्र रुपमा जिल्लाभरी सम्पन्न भईरहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

नेकपा एमाले दार्चुलाबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गणेशसिँह ठगुन्नाको मुल टोलीले आज नौगाड गाउँपालिका—१ इयरकोटमा विहान भेटघाँट कार्यक्रम गरि दिउँसो वडा नम्बर २ सुण्डमुण्ड, पनखाया क्षेत्रमा घरदैलो तथा भेटघाँट कार्यक्रम गरेको छ ।

pm office

भेटघाँटका क्रममा नेकपा एमालेका प्रतिनिधी सभा सदस्य उम्मेदवार गणेशसिँह ठगुन्नाले नौगाडको विकासमा नेकपा एमालेले अहम भुमिका खेलेको र बाँकी रहेको विकास निर्माणका कार्यक्रमहरु पनि एमालेको सरकार आए पुरा गर्ने बताए ।

त्यसैगरी नेकपा एमाले प्रदेशसभा सदस्य पदका उम्मेदवार हरदेब जोशीले महाकाली नगरपालिका—४ र ५ मा भेटघाँट कार्यक्रम गरी साँझ महाकाली नगरपालिका—२ र ३ मुल्ला मैखोलीमा कार्यकर्ता भेटघाँट कार्यक्रम गरेको छ ।

त्यसैगरी जिल्लाका सबै पालिकाहरुमा पालिका, वडा र टोल कमिटीहरुले नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन भन्दै घरदैलो कार्यक्रम गर्नुका साथै मतदाता शिक्षा समेत गरेको नेकपा एमाले प्रचार प्रसार विभाग दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.