No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच ‘लफडा’ हुँदा २ जना घाइते

गोकुलेश्वर।दार्चुलामा नेकपा एमाले र बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच लफडा भएको छ ।

आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिका–६ खेडामा प्रचारप्रसारमा खटिएका बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता र एमाले कायर्कर्ताबीच दोहोरो लफडा भएको हो ।

pm office

लफडामा गठबन्धनका तर्फका नौगाड गाउँपालिका– ६ का ३५ वर्षीय जयभानसिंह धामी र एमाले तर्फका नौगाड गाउँपालिका– ५ का २४ वर्षीय निरे ठगुन्ना घाइते भएका छन् ।

ठगुन्नालाई सामान्य चोटपटक लागेको छभने जयभानसिंहको टाउकोमा चोट लागेकाले धनगढी रिफर गरिएको छ । उनको टाउकोको सिटिस्क्यानका लागि धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

आइतबार एमाले दार्चुलाले नौगाडको जामीरमा गाउँपालिकास्तरीय चुनावी सभाका गरेको थियो । आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको दार्चुलाले जनाएको छ ।

गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.