गोकुलेश्वर। नव गायक तथा सर्जक प्रकाश साउँदको पहिलो लोक डेउडा गीत ‘मुई अभागी चेलो’ नामको गीतसहित भिडियो सार्वजनिक भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका—९ बस्कोटमा स्व. बुबा नरेन्द्र साउँद र आमा लक्ष्मीदेवी साउँदको कोखबाट जन्मिएका प्रकाश साउँदको ‘मुई अभागी चेलो’ नामको लोक डेउडा गीत भिडियोसहित Big Parivesh (बिगपरिबेस) मिडिया नामक युट्युव च्यानलबाट सर्वाजनिक भएको हो ।
गीतमा शब्द,लय,स्वर प्रकाश साउँदकै रहेको छ । निक्कै मार्मिक एवंम मर्म स्पशी गीतमा साँउद आफैले अभिनय गरेका छन्।गीतको कथामा आफ्ना स्व.आमाबुबाको सम्झनालाई चित्रण गरिएको छ ।गीत मार्मिक एवं कारुणीक छ ।
उक्त गीतमा आफ्ना आमाबुबाबो मायाप्रेमलाई समावेश गरिएको छ । आमाबुबाको मृत्युपछिको पीडा र त्यसपछिको यादलाई यस गीतमा चित्रण गर्न खोजिएको छ ।

आमाबुबाबो अकस्मात मृत्यु भएपछि छोराको पीडा पश्चाते मनमा लाग्ने बिचार व्यक्तलाई यस गीतमा समावेश गरिएको छ ।
नेपालको सांगीतिक क्षेत्रमा पाइला टेकेका साउँदले अझै आगामी दिनहरमा थुप्रै गीतहरु बजारमा ल्याउने बताएका छन् । अझै नयाँ शैली र मार्मिक शब्दहरु समेटेर सांगीतिक क्षेत्रको यात्रालाई अझै निरन्तरता दिने गायक साउँदले बताए ।
दर्शकहरुले अत्यधिक रुचाइएको उक्त देउडा गीत डोटेली शब्दहरुमा तयार पारिएको छ ।
भिडियोको हेर्नको लागि तल क्लिक गर्नुहोस् ।



