No.1 News Portal from Sudurpashchim Province
bajaj

सामुद्रिक आँधीका कारण मुम्बई छेउको समुद्रमा चार सयभन्दा धेरै मानिस रोकिए

गोकुलेश्वर। भारतमा सामुद्रिक आँधीका कारण मुम्बई नजिकको समुद्रमा चार सय जनाभन्दा धेरै रोकिएका छन् । आँधीका कारण पानी जहाज तथा डुङ्गाहरू समु्द्रमै रोकिँदा उनीहरू रोकिएका बीबीसी हिन्दीले जनाएको छ ।

pm office

यस्तै मुम्बईको विमानस्थल र मोनो तथा मेट्रो रेल सेवा पनि बन्द भएका छन् । मुम्बईमा एक सय ७६ किलोमिटर प्रतिघण्टाका दरमा आँधी आइरहेको त्यहाँको मौसम विभागले जनाएको छ । विभागले हावाहुरीसहित ठूलो पानी पर्ने चेतावनी जारी गरेको छ ।

अरब सागरमा उत्पन्न भएको चक्रवात आँधीका कारण भारतको गुजरात, गोवा, कर्नाटक, केरला, महाराष्ट्र लगायतका राज्य नराम्रोसँग प्रभावित भएका छन् । गुजरातको समुद्री तटबाट झण्डै डेढ लाख जना मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । गुजरातमा आज बेलुकी आँधीको बढी प्रभाव पर्ने बताइएको छ । प्रभावित क्षेत्रमा तीव्र गतिको हावासहित भारी वर्षा पनि भइरहेको छ ।

भारतीय मौसम विभागले चक्रवातको कारण तटीय क्षेत्रमा ठूलो असर पुग्न सक्ने भन्दै अलर्ट जारी गरेको छ । भारतीय गृह मन्त्री अमित शाहले प्रभावित राज्यमा उद्धारका लागि भइरहेको तयारीको अनुगमन गर्दै अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितलाई ध्यानमा राख्दै बिजुली र मेडिकल अक्सिजनजस्ता अत्यावश्यक कुराहरू सञ्चित गरेर राख्न निर्देशन दिएको छ । – बीबीसी

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.