No.1 News Portal from Sudurpashchim Province
bajaj

भूकम्प धक्का आएको बेला घर बाहिर भाग्न खोज्दा एकको लडेर मृत्यु

बैतडी।जिल्लाको डिलाशैनी गाउँपालिकामा भूकम्प धक्का आएको बेला घरभित्रबाट बाहिर भाग्न खोज्दा एकजनाको मृत्यु भएको छ ।

pm office

डिलाशैनी गाउँपालिका—१ सेल्तडाका ६६ वर्षीय हरी लुहारको शनिबार राति ८ बजेर १२ मिनेटमा ५ दशमलव १ म्याग्नुच्युटको भूकम्पका आएको बेला घरभित्रबाट भाग्ने क्रममा घरको सिँढीबाट लडेर राति ११ बजे मृत्यु भएको हो ।

मृतक लुहारको परिवारलाई गाउँपालिका,नेपाल रेडक्रस सोसाइटी,नेपाल स्काउट लगायतका अन्य संघसंस्थाहरुले किरिया खर्च र अन्य सामग्री प्रदान गरेको छ ।

गाउपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी,उपाध्यक्ष भगिरथसिंह बोहरा,प्रमुख प्रसासकिय अधिकृत गणेश बोहरा,वडा नम्बर १ का अध्यक्ष ,नेपाल स्काउट,नेपाल रेडक्रस सोसाइटी लगायतको टोलीले मृतकको घरमै पुगेर २० हजार किरिया खर्चसहित कम्बल,चामल, नुन, तेल ,साबुन, लगायत अन्य खाद्यानहस्तान्तरण गरेको नेपाल स्काउट डिलाशैनीका संयोजक तेजराज जोशीले जानकारी दिए ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.