No.1 News Portal from Sudurpashchim Province
bajaj

उम्मेदवारमाथि आक्रमण गरेको भएको भन्दै एमाले दार्चुलाद्धारा भत्र्सना

गोकुलेश्वर। नेकपा एमाले दार्चुलाले निर्वाचन प्रचारप्रसार गरिरहेको अवस्थामा अपिहिमाल गाउँपालिका–५ ओखलमा प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि आक्रमण गरेको भन्दै एमालेले भत्र्सना गरेको छ ।

प्रचारप्रसारमा रहेको उम्मेदवार जोशीमाथि गठबन्धनका कार्यकर्ताले ज्यान लिने गरी घटना गराएको भन्दै एमालेले भत्र्सना गरेको हो ।

घट्नामा परि एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय विरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ नायलका २५ वर्षीय सुरेश वादी घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि धनगढी पठाइएको छ ।

pm office

नेकपा एमालेबाट प्रदेशसभा (ख) का उम्मेदवार रहेका रामदत्त जोशीले अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्किने क्रममा मदक पदार्थ सेवन गरेका गठबन्धनका कार्यकर्ताले प्रचारप्रसारमा अवरोध गरी सुनियोजि रुपमा आफूमाथि आक्रमण गरेको बताए ।

नेकपा एमाले दार्चुला र नेकपा एमाले शैल्यशिखर नगर कमिटील विज्ञप्तीजारी गर्दै चुनावको समयमा उम्मेदवारमाथि हुने घट्ना नदोहोर्याउन चेतावनी दिएको छ ।

अहिले गठबन्धन हारको मानसिकताबाट एमाले उम्मेदवारमाथि आक्रमण उत्रिएको विज्ञप्तिमार्फत जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.