No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले दार्चुलाले भोली लटिनाथ र मकरीगाडमा चुनावीसभा गर्ने

काँग्रेस र माओवादी त्यागी १० जना एमालेमा प्रवेश

गोकुलेश्वर।नेकपा एमालेले शनिबार अपिहिमालको मकरीगाड र मार्माको लटिनाथमा चुनावी आमसभा हुने भएको छ । राष्ट्रिय कलाकारको उपस्थितिमा एमालेले चुनावी सभा गर्न लागेको हो ।

चुनावीसभामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा (२) का उम्मेदवार रामदत्त जोशीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिए ।

pm office

पहिलो चरणम घरदैलो भेटघाट गरेको एमालेले दोस्रो चरणमा आमसभा गर्न लागेको हो । एमालेको प्रतिनिधिसभा उम्मेदवार नेतृत्वको टोलीले शुक्रबार मालिकार्जुन र शैल्यशिखर क्षेत्रमा घरदैलो गरेको छ ।

काँग्रेस र माओवादी त्यागी १० जना एमालेमा प्रवेश

यसैगरी शैल्यशिखर नगरपालिका—६ पनेबाँजमा भएको कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी भागादेवी धामी, मधुरा धामी, शेरसिह धामी, उमेशसिह धामी, हर्कराम लावड, रोजिता धामी, रेवती धामी, विष्णुदत्त विष्ट, धर्म रावल र माओवादी केन्द्रका गोपालसिह धामीले नेकपा एमाले प्रवेश गरेको बडालले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.