No.1 News Portal from Sudurpashchim Province
bajaj

बडूले एउटै सडकबाट ५२ करोड बजेट कटौती गरे :एमाले नेता ठगुन्ना

'ढाटेको भए राजनीतिबाटै सन्यास लिन्छु'

दार्चुला। नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले दिलेन्द्र प्रसाद बडू मन्त्री हुँदा एउटै सडकमा ५२ करोड बजेट कटौती गरेको बताएका छन् ।

मालिकार्जुन गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले जिल्लाको विकास बजेट कटौती गर्नेले जिल्लाको के गरे भनेर प्रश्नसमेत गरे ।

pm office

महाकाली करिडोरमा आफु हुँदा १ अर्व ३ करोड बजेट हाले उनले भने, ‘तर आर्थिक वर्ष ०७८।०७९ मा बडू मन्त्री हुँदा बजेट कटौती गर्यो । अहिले सडकमा ५४ करोड मात्रै बजेट छ । जनताले हेर्न सक्नुहुन्छ, बडूले बजेट कति ल्याए । रातो किताब हेरौँ उनले भने, मैले ढाटेको भए राजनीतिबाटै सन्यास लिन्छु ।’

आफुले गर्न नसक्ने तर अरुले गरेको काममा आफुले गरेको भन्दै ठगुन्नाले बडूको कडा आलोचना गरे । हिजो (बुधबार) गोकुलेश्वर एयरपोर्टमा गएर बडुले भाषण गरेछन् ठगुन्नाले भने, ‘वर्षौदेखि गौचरन भएको विमानस्थलमा बजेट हालेर अहिले काम भइरहेको छ । ०७० अघिसमम विमानस्थलको हालत के थियो । पहुँचवाला मन्त्री भन्छन् तर जिल्लाको लागि पहुँच भएर के योजना ल्याए उनले प्रश्न गरे ।’
यहाँका सडक निर्माण सबै वडा जोड्ने गरी निर्माण भइरहेको छ । यी सडक सबै वडासम्म जोडिन्छ । हामीले एक घर एक धारा खानेपानी निर्माण भइरहेका छन् । सबै वस्तीमा विद्युतीकरण गर्ने गरी ठेक्का लागेको छ । विकस र सम्बृद्धिको लागि एमाले जिताउनुको विकल्प नरहेको उनको भनाई छ ।

फरक प्रसँगमा उनले भने, ‘कम्युनिस्ट भन्ने तर काग्रेसका झण्डा बोकेर भोट माग्ने अधिकार माओवादीलाई छैन् । जनता हामीतिर छन् । नेता मात्रै काँग्रेसको पछि लागेका छन् । कयौँले कम्युनिस्ट निर्माणको लागि साहद प्राप्त गरे उनले भने, ‘अझै केहि माओवादी लगायतका कम्युनिस्टमा छन् भने समयमै एमालेमा आउनुहोस् ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.