No.1 News Portal from Sudurpashchim Province
bajaj

गठबन्धनले हा¥यो भने संविधान र व्यवस्था संकटमा पर्छ : मन्त्री कुँवर

दार्चुला।श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सत्ता गठबन्धनले चुनाव हारे संविधान र व्यवस्था खतरामा पर्ने बताएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट अछाम १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री कुँवरले तत्कालिन प्रधानमन्त्री केपी ओलीले पटक—पटक संसद विगठन गरेकाले यो चुनावमा गठबन्धन हारे संविधान र व्यवस्था खतरामा पर्ने बताएका छन् ।

pm office

ओलीको हातबाट संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको उनको भनाइ रहेको छ । ‘मुलुक केपी ओलीका कारण अस्थिरतातर्फ जान थालेपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संविधान रक्षार्थ आन्दोलन गर्यौ’, मन्त्री कुँवरले भने, ‘संविधानमा नै नभएको व्यवस्था ओलीले मनलागी ढंगबाट गरेपछि अदालतको ढोकासम्म पुग्दा अन्तः हामी सफल भयौ र संविधान र व्यवस्था जोगियो ।’

संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । साथै उनले चुनाव आउँदा मात्र केपी ओलीको राष्ट्रबाद देखिने गरेको आरोप लगाए ।

यसैगरी अछाम जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताउदै कुँवरले ग्रामीण क्षेत्रको विकास नै देशको विकास भएकोले गाउँघरको विकासका लागि मुख्य रुपमा जोड दिने बताए ।

उनले भने, ‘गाउँको विकासमा लागि निरन्तर खट्ने छु । यसका लागि गठबन्धनलाई जिताउँनुहोस् । मेरो काम भनेको अछाम जिल्लाको चौतर्फी विकास गर्नु हो । तपाईँ गठबन्धनलाई भोट दिनुहोस्, हामी अछाम जिल्लाको काम गर्ने छौं ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.