No.1 News Portal from Sudurpashchim Province
bajaj

ओलीको भाषणले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता हुनेवाला छैन् : प्रधानमन्त्री देउवा

गोकुलेश्वर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले भारतीय अतिक्रमणमा रहेको दार्चुलास्थितको भूमि ओलीको भाषणले फिर्ता नहुने बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाद्धारा गोकुलेश्वरमा आयोजित बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय अतिक्रमणमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन भारतसंग कुटनितिक पहल गर्नु पर्ने बताए । उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भुमी हो तर अहिले भारतले अतिक्रमण गरेको छ ।’

ओलीले चुनावी आमसभाहरुमा आफु एक्लैले चुच्चे नक्सा छापेको भनेर हल्ला गरिरहेको प्रधानमन्त्री देउवाले आरोप छ । नेपालको पुरानो नक्सालाई परिवर्तन गरेर भारतले अतिक्रमण गरेको नेपाली भुमीलाई नयाँ नक्सामा समावेश गर्न सबै दलले सहमती गरेर संसद्बाट पारित गरि नक्सा छापिएको उनले बताए ।

pm office

यस्तै उनले दार्चुलाका विकास र समृद्धीका लागि यहाँका पर्यटकिय स्थलहरुको विकास गर्नु आवश्यक रहेको समेत बताएका छन् ।

अपिहिमाल, नाम्पा हिमाल, राष्ट्रै सातौ धाम मालिकार्जुलाई विकास गर्नुपर्नेमा जोड दिए । जिल्लाका गठबन्धन तर्फबाट उम्मेदवार बनेका सबैलाई जिताउन मतदातालाई आग्रह गर्दै देउवाले जिताएर पठाए मन्त्री बनाउने पनि आस्वासन दिएका छन् ।

देउवाले जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा, पाँचऔले लगायतका जडिबुटीलाई प्रशोधन गरेर औषधीको रुपमा प्रयोग गर्न मिल्ने बताए । जडिबुटी प्रशोधनका लागि मार्मा गाउँपालिकामा प्रशोधन केन्द्र स्थापनाका लागि पहल भइरहेको समेत अवगत गराएका छन् ।

यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चुनावको बेला मात्रै केपि ओली राष्ट्रबादी हुने तथा अरुबेला लम्पसार हुने गरेको आरोप लगाए ।

शान्ती सम्झौता देखी नै नेपाली काँग्रेस र माओबादी केन्द्रको गठबन्धन भएको बताउदै उनले अहिलेको गठबन्धन संविधान र गणतन्त्र रक्षाका लागि प्राकृतिक गठबन्धन भएको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.