दार्चुला। अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पद्का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जिल्लाको चौतर्फी विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन आग्रह गरेका छन् ।

मेल्लेख गाउँपालिका—४ को हत्तिकोट र वडा नम्बर ८ को कुस्कोट्मा भएको चुनावी आमसभा लाई सम्बोधन गर्दै मन्त्री कुँवरले उनले यस्तो बताएका हुन् ।उनले भने, ‘गठबन्धनले जिते मात्र जिल्लाको विकासको ढोका खुल्छ ।’
जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बाँचा समेत गरेका छन् । शिक्षा,स्वास्थ,भोतिक निर्माण,सडक,संचार सरसफाइ र खानेपानीको क्षेत्रमा आफ्नो पहलमा गरेका विकासको स्मरण गराउदै मन्त्री कुँवरले सुखी र समृद्ध अछामको सपना पूरा गराउन गठबन्धनका उम्मेदवारलाई जिताउन सबै मतदातालाई आग्रह गरेका छन् ।



