कैलाली। कैलालीमा निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनि रानाले पुराना योजना देखाएर मत मागिरहेका छन्।
एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनि रानाले धनगढीको विकासका लागि काम गरेको दाबी गरेका हुन्।
धनगढीमा क्षेत्रीय सहरीका सडकहरु, धनगढी सभा हल, कनरी पार्क, जडिबुटी प्रसोधन केन्द्र, फूलबारी बसपार्क लगाएतका पुराना योजना देखाएर भोट मागिरहेका छन्। प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्व मन्त्री राना र प्रदेश सभा सदस्यका उम्मेदवारहरु नेपालु चौधरी तथा दुर्गा प्रसाद जोशी पुराना योजनासहित चुनावै मैदानमा रहेका हुन्।

पूर्व मन्त्री राना र पूर्व प्रदेशसभा सदस्य चौधरी आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका योजना देखाउदै भोट मागिरहेका हुन्।
प्रदेश सभा सदस्यका उम्मेदवार जोशीले विगत ३५ वर्षदेखि धनगढीमा बसेर शैक्षिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा योगदान दिएको दाबी गर्दैछन्। राना र चौधरीले पुराना योजना र एमालेको राष्ट्रवाद देखाएर विजयी हुने दाबी गरिरहेका हुन्।
एमालेका उम्मेदवारहरूले गठबन्धनको लक्ष्य र गन्तव्य नभएको आरोप छ।जनताले गठबन्धन नगरेकाले प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एमालेले जित्ने दाबी उनीहरुको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि र प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले आफूहरू जित्ने दाबी र आधार प्रस्तुत गरेका हुन्।



