गोकुलेश्वर . प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुलाको गोकुलेश्वर आउने भएका छन् ।

देउवा र प्रचण्ड हेलिकोप्टरमार्फत कात्तिक २३ गते शैल्यशिखर नगरपालिका गोकुलेश्वर आउने कार्यक्रम रहेको बताइएको छ ।
कात्तिक २३ गते बिहान ११ बजे आमसभा हुने लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाले जनाएको छ ।



