गोकुलेश्वर। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ४३३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७५ नमूना परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढीका १७६ जना यस्तै धनगढीबाहेक कैलालीका १९७ जना र अन्य जिल्लाका ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।हाल अस्पतालमा १११ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।
जसमध्ये १ जना भेन्टिलेटरमा, १६ जना आइसियूमा, ९० जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १३ जना कोरोनामुक्त भएका छन् भने थप ८ जना अस्पतालमा भर्ना भएका छन् ।



