No.1 News Portal from Sudurpashchim Province
bajaj

उल्लानीमा ट्रयाक्टर दुर्घटना, २ को मृत्यु

गोकुलेश्वर। दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–६ मा सुपप्र ०२ ००१ त १४६७ ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

pm office

मृत्यु हुनेमा शैल्यशिखर–५ बगौराका २३ वर्षीय सन्तोष डाँगा रहेका छन् । चालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

दुर्घटनामा शैल्यशिखर–५ कै २८ वर्षीय सुरेशसिंह डाँगा र सोही ठाउँका २८ वर्षकै श्यामसिंह डाँगा घाइते भएका हुन् ।

घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.