गोकुलेश्वर। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली तीन दिन अपिहिमाल गाउँपालिकामा बिताएर फर्किएको छ ।
अपिहिमाल गाउँपालिकाका सबै वडा पुगेर फर्किएको टोली उत्साहित भएर फर्किएको छ । स्थानीय तहमा पराजय भोगेका कारण पनि यो पटक एमालेको नेतृत्व गाउँ पुगेपछि निराश भएका कार्यकर्तामा उर्जा थपिएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले पराजय भोगेको बदला प्रदेश र संघीय निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउने गरि कार्यकर्ता परिचालनको नीति बनाइएको छ ।एमाले प्रदेश कमिटी सदस्य धर्मानन्द मन्यालले भने, ‘उम्मेदवारहरुको उपस्थितिले कार्यकर्तामा थप उत्साह थपिएको छ ।’

उम्मेदवार गाउँ पुगेपछि एमालेबाट अलग भएर गएका अपिहिमाल गाउँपालिका— २ का भुरी धामी घर फर्किएका छन् । ०७४ को स्थानीय निर्वाचनमा वडा कमिटी सदस्यमा निर्वाचित धामी एमाले जिताउने संकल्प लिएर घर फर्किएका हुन् ।

यस्तै काँग्रेसका क्रियाशिल सदस्य चन्द्रसिह लोथ्याल र गोरे धामी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले टिका लगाएर प्रवेश गराएका हुन् ।
पूर्व मन्त्री समेत रहेका ठगुन्नाले एमालेमात्र सर्वहारा गरिब जनताको पार्टी भएको भन्दै सबैको उचित मूल्यांकलन एमालेले गर्ने बताए । अपिहिमाल गाउँपालिकामा हाम्रो पार्टीको नेतृत्व हुँदा थुप्रै विकास भएका छन् । उनले भने,’सबैले देख्ने गरी सिद्धमकरीकोट पदमार्ग हामीले बनायौँ।’
पर्यटन मन्त्रालयबाट बजेट विनियोजनदेखि निर्वतमान अध्यक्ष धर्मानन्द मन्यालको भिजनका कारण यो पदमार्ग सबैको लागि आकर्षक बनेको छ ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तादेखि सबै वडा कार्यालय भवन प्रशासकीय भवन, हिलोमुक्त लगायतका आकर्षक कार्यक्रम एमालेले ल्यायो । सबै घरधुरीका ग्याँस वितरण हाम्रा कार्यक्रमभित्र पर्दछन् ।

ठगुन्नाले भने,’विटुले पारिबगर हुदै खण्डेश्वरी जोड्ने सडक अहिलेसम्म यहाँ पुगिसक्थ्यो, तर ठेकेदारले समयमै काम नगरिदिदा केही ढिलाई भयो,हामी यो सडक चाडै गाउँपालिकामा पुर्याउँछौ । मकरीगाडमा हाइड्रोपावर निर्माण अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रको पर्यटन विकासको लागि अझै हामी काम गर्छौ उनको भनाई छ ।’
अहिले प्रदेश र संघीय निर्वाचन भएको कारण दार्चुलाको समग्र विकासको लागि नेकपा एमालेका उम्मेदवार जिताउन अपिल गर्छौ ,उनले भने।’
अहिले कोही निराश हुनुपर्ने अवस्था छैन् । विकासको लागि एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने अरु कुनै दल छैनन् । एमालेभित्र अझै कार्यकर्ता र जनताको भावना बुझ्न सक्ने क्षमता रहेको भन्दै मत दिएर जिताउन उनले अपिहिमालबासीमा आग्रह गरेका छन् ।
यस्तै प्रदेशसभा (१) का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली दुहुँ गाउँपालिका वडा नम्बर ३ को खेती गाउँ हुँदै महाकाली नगरपालिकाको छापरी, सेलामा भेटघाट गरेको छ । महाकाली नगरपालिका भेटघाटपछि टोली लेकम मालिकार्जुन क्षेत्रमा भेटघाटमा जाने कार्यक्रम तय भएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोली नौगाड प्रस्थान गरेको छ । नौगाडको होपरीमा मतदाता भेटघाट कार्यक्रम तय भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले जानकारी दिए ।
मालिकार्जुन—३ र ८ मा निर्वाचन परिचालन कमिटी गठन
यसैबीच नेकपा एमालेले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ८ मा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य मोहनसिह धामी, तिलकसिह धामी लगायतको सहभागिता रहेको थियो । दुहुँ गाउँपलिका वडा नम्बर २ मा जमनसिह बडालको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन भएको छ । वडा नम्बर ३ मा नेकपा एमालेको वडा कमिटी बैठक सम्पन्न भएको छ ।
लेकम गाउँपालिकाका सबै वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन गरि उनीहरुलाई निर्वाचन परिचालनबारे जानकारीदिने काम भएको प्रदेश कमिटी सदस्य इन्द्रसिह विष्टले बताए ।



