No.1 News Portal from Sudurpashchim Province
bajaj

तीन स्थानीय पालिकाहरुद्धारा आयोजित स्वास्थ्य शिविर सम्पन्न

गोकुलेश्वर । असोज ३० गतेदेखि कार्तिक ४ गते सम्म संचालन भएको निशुल्क ‘सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर’ कार्यक्रम जिल्लाका तीन स्थानिय तहमा हिजो शुक्रबार सम्पन्न भएको छ ।

संबिधानले स्वास्थ्यलाई समान पहुँच र निशुल्क बनाउने मौलिक हकको रुपमा राखे पनि देशको भौगोलिक बिकटता, स्वास्थ्य उपकरणको अभाव, स्वास्थ्य जनशक्तिको अभावकै कारण सबैठाउँमा पहुँच र निशुल्क गर्न नसकिएको अवस्थामा स्थानिय स्तरबाट पहुँच भए जनसमुदाय सम्म पु¥याउन सकिन्छ भन्ने उदेश्यका साथ संचालन गरिएको शिविरमा शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा लगातार ६ दिनसम्म संचालन भएको उक्त शिविरमा दुई हजार दुई जनाले स्वास्थ्य सेवा पाएका छन् ।

pm office

स्वास्थ्य शिविरमा जटिल प्रकृतिका बिरामीको शल्यक्रिया गरिएको थियो भने औषधि उपचार तथा परामर्श निःशुल्क गरिएको होे ।

वरिष्ठ हाड जोर्नि तथा नसा रोग सम्बन्धि विषेशज्ञ डा. बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग सम्बन्धि विषेशज्ञ डा. केशब आचार्य, मानसिक रोग सम्बन्धि विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन सम्बन्धि डा. निरन महर्जन र फिजियोथेरापिस्ट धनेन्द्र नाथले चिकित्सकीय सेवा प्रदान गरेका हुन् ।

शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको आयोजना रहेको वृहत् स्वास्थ्य शिविरमा दार्चुलाका ९ वटै स्थानीय तहका जनताले समेत स्वास्थ्य सेवा लिएका छन् ।

स्थानीय पालिकाहरूको आयोजना, युथ भोलिन्टर ग्रुपको संयोजन तथा बिर अस्पत्तालको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.