No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले उम्मेदवार सुर्नया पुग्दा स्थानीय निकै खुसी,जितको आशीर्वाद थाप्दै पाल

गोकुलेश्वर। नेकपा (एमाले) बैतडीले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । जनताको समस्या बुझ्न र घरदैलो अभियान अन्तर्गत प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार सुरेन्द्र पालहितको टोली सुर्नया गाउँपालिका पुगेको छ ।

पालकोे टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका छन् । पाल नेतृत्वको टोली पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ टोलीमा सहभागी एक एमाले नेताले भने, ‘जनतामा एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’ अभियानमा उत्साहजनक सहभागिता रहेको एमालेले जनाएको छ ।

pm office

महिलादेखि वृद्धवृद्धासम्मले पाललाई निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनको भनाई छ । उम्मेदवार पाललाई भेटघाटको क्रममा युवादेखि वृद्धवृद्धासम्मले सम्मान गरिरहेका छन् ।

‘अहिलेको निर्वाचन निर्णायक छ । अपवित्र गठबन्धनले संविधानको धज्जी उडाएको छ, राष्ट्रियता खतरामा छ । एमालेलाई विजयी गराएर राष्ट्र र राष्ट्रियता जोगाउने कि देश बेचुवाहरुलाई सुम्पिने, जनताले निर्णय गर्ने बेला आएको छ,’ पालले भने ।

देशको विकास गर्न सक्ने पार्टी एमाले मात्रै भएको पालकोे दाबी छ । ‘अहिलेको सरकार राज्यको स्रोतसाधन दोहन गर्न मात्रै बनेको प्रष्ट भइसकेको छ,’ उनले भने, ‘सबै क्षेत्रमा सेटिङ मिलाएर देश बर्बादीमा धकेल्दैछन् । कानुनी राज्यको उपहास भएको छ ।’

एमाले जिल्ला कमिटीका अध्यक्ष समेत रहेका पाल अनुभवी नेता हुन् । जिल्लाको विकासको लागि केही गरौँ भनेर आफु पहिलो पटक चुनावमा होमिएको उनको भनाई छ । ‘मेरो कमाउनु केही छैन्, निर्वाचित भएपछि जनताहरुकै लागि काम गर्छु’ उनले भने, ‘यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.