No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीमा पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन आज भएन

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकाको पालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन आज (बिहीबार) गर्ने भनिएपनि गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १३७९ नम्बरको जिप लेट्ठेकोट भन्ने स्थानमा दुर्घटनामा भएको हुँदा उक्त प्रतियोगिताको उद्घाटन हुन नसकेको हो ।

pm office

आगामी कार्तिक ४ गतेदेखि ७ गते सम्म डिलाशैनी ५ हरिनगर खेलमैदानमा प्रतियोगिता हुने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र, दोश्रो हुने टीमलाई नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र, तृतीय हुने टीमलाई नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र दिइने छ ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई बिशेष पुरस्कारको व्यवस्था छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.