No.1 News Portal from Sudurpashchim Province
bajaj

अपिहिमालको रिगुर हुँदै ओखलमा पुगे एमाले उम्मेदवार

जितको आशीर्वाद थाप्दै ठगुन्ना र जोशी

दार्चुला। नेकपा (एमाले) दार्चुलाले चुनावी प्रचारप्रसार र घरदैलो लाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना, प्रदेश सभा (२) का उम्मेदवार रामदत्त जोशीसहितको टोली अपिहिमाल गाउँपालिका—६ को रिगुर,धङकङ,मज्जे हुँदै ओखल गाउँ पुगेको छ ।

उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका छन् । अपिहिमाल क्षेत्रकै दुर्गम मानिएका बस्तीमा प्रतिनिधिसभा उम्मेदवार ठगुन्ना नेतृत्वको टोली पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ प्रदेश सभा (२) का उम्मेदवार रामदत्त जोशीले भने, ‘जनतामा एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’

महिलादेखि वृद्धवृद्धासम्मले उम्मेदवारहरुलाई निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनको भनाई छ । ‘हाम्रो नेता भनेकै तपाई हो,’ स्थानीयले पूर्वमन्त्री ठगुन्नासँग गरेको कुराकानी उद्धृत गर्दै जोशीले भने, ‘जनताले पुनः एमाले जितोस् भन्ने चाहेका छन् ।’

pm office

एमाले पोलिटव्युरो सदस्यसमेत रहेका ठगुन्नाले दार्चुलाको सन्दर्भमा आफू संसदमा भएयता विकास निर्माणका दीर्घकालिन कामहरु गरेको बताए। ‘केही काम सकिएका छन्, केही निर्माणकै चरणमा छन् ।

मेरो कार्यकालमा भएका विकास निर्माण जनताले प्रत्यक्ष देखेका छन्,’ उनले भने, ‘अझै राष्ट्रिय गौरबका योजनाहरुको निर्माण सक्न र हाम्रो भूमि फिर्ताको लागि पहल गर्न एकपटक पुनः जिल्लाबासीले मत दिएर आर्शीवाद दिनुपर्छ ।’

प्रदेशसभा (२) का उम्मेदवार रामदत्त जोशीले जिल्लाको विकासको लागि एमालेमात्रै सक्षम रहेको बताए। उनले भने, ‘कांग्रेसले ०४८ सालदेखि जितेर सिन्को भाँच्न सकेन्, काम गर्न नसक्नेलाई मत दिएर आफ्नो मत खेर नफालौ ।’

उनले त्यहाँका स्थानीयहरुलाई शिक्षा,स्वास्थ्य,भोतिक निर्माण र समृद्ध दार्चुला निर्माणका लागि आफु कम्मर कसेर लागि पर्ने बताएका छन् । उनले भने, ‘मलाई भोट दिएर जिताउँनुहोस,म अरुको जसरि चिल्ला चिल्ला गफ दिएर तपाईहरुलाई मख्ख पार्दैन काम गरेर देखाउँ छु,मलाई एक पटक जिताएर हेर्नुहोस्,मैले जितेर काम गरेन भने अर्को पटक भोट माग्न आए भने लखेटेर पठाउनु होला ।

एमालेले जिल्ला विकास समितिको नेतृत्व गर्दा जिल्लाको विकासको योजना अघि सारेको बताए । ‘ती काम पूरा हुँदै गएका छन् । १० वर्ष नेतृत्व गर्दा अधिकांश ठाउँमा देखिने गरी परिवर्तन भएको छ,’ उम्मेदवार जोशीले भने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.