बैतडी। बैतडी प्रदेश सभा क्षेत्र (क) बाट एमाले उम्मेदवार बनेका सुरेन्द्र पाललाई स्थानिय जनताले यसपाली चुनाव जितेर पठाउने आश्वासन दिएका छन् ।
जनताको समस्या बुझ्न र घरदैलो अभियानमा स्थानियको घर आँगन पुगेका पाललार्ई स्थानियले सो आश्वासन दिएका हुन् ।

आज बैतडीको पाटन नगरपालिका—९ बाडीखानामा पुगेका पालले गाउँका समस्याका विषयमा निक्कै चासो दिए । गाउँको अवस्था र त्यस ठाउँको विभिन्न समस्याहरु आफु निर्वाचित भएपछि समाधान गर्न बाँचा गरेका छन् ।
पालले त्यहाँका स्थानीयहरुलाई शिक्षा,स्वास्थ्य,भोतिक निर्माण र समृद्ध बैतडी निर्माणका लागि आफु कम्मर कसेर लागि पर्ने बताएका छन् । उनले भने, ‘मलाई भोट दिएर जिताउँनुहोस,म अरुको जसरि चिल्ला चिल्ला गफ दिएर तपाईहरुलाई मख्ख पार्दैन,काम गरेर देखाउँ छु,मलाई एक पटक जिताएर हेर्नुहोस्,मैले जितेर काम गरेन भने अर्को पटक भोट माग्न आए लखेटेर पठाउनु होला।’ विकाश निर्माणको सवालमा आफु निर्वाचित भए नभएपनि सधै लागि रहने बताए ।
२०७४ सालको चुनावमा भोट दिएर जिताएको नेताले चुनाव जितेर कहिल्यै गाउँ नफर्किएको स्थानियको गुनासो थियो । पाटन—९ का एक स्थानीयले भने, ‘०७४ मा भोट दिएर जिताएको नेताले हाम्रो समस्या बुझ्न कहिले गाउँ आएन, भोट माग्न मात्र आयो जितेपछि हाम्रो गाउँ आएको देखेन । ’
त्यहाँका धेरै स्थानीय जनताले विगतमा जितेर गएकाले गाउँ बिर्सिएको भन्दै यसपाली पाललाई जिताउन खुलेर लाग्ने बताए ।



