गोकुलेश्वर । गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको यात्रुवाहक जिब दुर्घटना भएको छ ।

दुर्घटनामा घाइते हुनेमा डिलाशैनी गाउँपालिका ७ का २२ बर्षीय जीप चालक महेशराज जोशी, सोही ठाउँका ७० बर्षीय नारायणदत्त जोशी, ५४ बर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ वाणीका ३५ बर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ बर्षीय मदनराज जोशी र ६ बर्षीय कपिलराज जोशी रहेका छन् ।
जिप सडकबाट ८० मिटर तल खसेको छ । घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जिपमा चालक सहित १० जना सवार थिए ।
सु.प.प्र ०१ ज १३९७ नम्बरको जिप बिहान करिब ११ बजे लेठ्ठेकोटमा दुर्घटनामा भएको हो ।



