
गोकुलेश्वर । दार्चुलाको महाकाली नगरपालिका–४ तिङ्करखेडा स्थित प्रेमसिंह बुढाथोकीको घरमा ४ लाख २ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् ।
प्रहरीको सक्रियतामा ११ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।



