No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा अटो दुर्घटना

गोकुलेश्वर । गोकुलेश्वरबाट देहीमाण्डौं जाँदै गरेको अटो बैतडीको बसालीमा बिहान दुर्घटनामा भएको छ । दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।

pm office

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्नका लागि जाँदै गरेको अटो दुर्घटना हुँदा चालक धनसिंह थलाल सहित सात जना घाइते भएका छन् ।

अटो सडकको खाल्डोमा परेर अनियन्त्रित भइ सडकबाट करीब ४ सय मिटर तल खसेको बताईएको छ । दुर्घटनामा परेर डिलाशैनी गाउँपालिका ६ का ५० बर्षीय बीरसिंह खत्री र उनकी श्रीमति ४५ बर्षीय अम्मरा खत्री, सोही ठाउँकी १३ बर्षीया संगिता थलाल, २५ बर्षीया निर्मला थलाल, १६ बर्षीया धनपति थलाल र ९ बर्षीय जनक थलाल घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.