No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा सम्पन्न भयो राष्ट्रिय युवा संघको चुनाव केन्द्रित प्रशिक्षण

विभिन्न पार्टी त्यागी ५ जना एमालेमा प्रवेश

दार्चुला । राष्ट्रिय युवा संघ नेपालको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आइतबार (आज) शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरमा सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले अगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एबं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठगुन्नाले जिल्लामा एमालेको विजय सुनिश्चित रहेको सन्देश लगेर गाउँघरमा परिचालित हुन युवाहरुलाई प्रशिक्षण गरेका छन् ।

एमालेलाई विजयी गराउने जिम्मेवारी युवाहरुको काँधमा रहेको बताउदै उनले चुनाव केन्द्रित गतिविधि अगाडी बढाउन निर्देशन दिएका छन् ।

pm office

प्रशिक्षण कार्यक्रममा एमाले जिल्ला किमिटी अध्यक्ष प्रेमसिंह धामी,प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार रामदत्त जोशी,शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी,उपप्रमुख शान्ति खडायत लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसैगरी विभिन्न पार्टी त्यागी ५ जनाले एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा काँग्रेसबाट महेश राज बिष्ट,गणेश राज बिष्ट, लक्ष्मी दमाई, कल्यानराम दमाई र नेकपा एसका शैल्यशिखर नगरकमिटी सचिव कम्मानसिंह खत्री रहेका छन् ।

नवप्रवेशीहरुलाई एमाले पोलिटब्युरो गणेशसिंह ठगुन्ना, जिल्ला अध्यक्ष प्रेमसिंह धामी, प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार रामदत्त जोशीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.