No.1 News Portal from Sudurpashchim Province
bajaj

युवा नेता भण्डारीले गरे गोकुलेश्वरमा मास्क, सेनिटाइजर र खाद्यान्न वितरण

गोकुलेश्वर। युवा व्यवसायी तथा नेकपा माओवादी केन्द्रका नेता भुवनसिंह भण्डारीले गोकुलेश्वरका विभिन्न स्थानमा राहत वितरण गरेका छन् । आइतबार दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नं. ९ मा रहको इलाका प्रहरी कार्यालय गोकुलेश्वर, गोकुलेश्वर अस्पताल, गोकुलेश्वरका बादी समुदाय र चौलानी मिडियालाई स्वास्थ्य समाग्रीस्वरुप मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

pm office

उनले इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई ३ सय पिस मास्क र १ लिटर सेनिटाइजर, गोकुलेश्वर अस्पताललाई ३००० पिस मास्क र २ लिटर सेनिटाइजर सहित गोकुलेश्वरका बादी समुदाय र चौलानी मिडियाका सञ्चारकर्मीहरुलाई पनि मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

यस्तै उनले गोकुलेश्वरमा रहेका बादी समुदायका गत साता कोरोनाका कारण गोकुलेश्वर अस्पतालमा मृत्यु भएका एक महिलाको परिवारलाई खाद्यान्न पनि वितरण गरेका छन् । उनले चामल २५ किलो, दाल १ किलो, नुन २ किलो, तेल १ लिटर, मास्क र सेनिटाइजर वितरण गरेका हुन् । यस्तै उनले आज नै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बलाँच सडकखण्ड अन्तर्गत शैल्यशिखर नगरपालिकाको वडा नं.३सम्म पनि मास्क, सेनिटाइजर वितरण गरेका छन् ।

राहत वितरण गर्दै भण्डारीले शैल्यशिखर नगरपालिकाका सबै वडाहरुमा मास्क, सेनिटाइजर वितरण योजना रहेको बताएका छन् । भण्डारी गोकुलेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापती पनि हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.