No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको सदरमुकामस्थित एक पसलमा आगलागी

pm office

गोकुलेश्वर । दार्चुलाको सदरमुकामस्थित राधाकृष्ण चोकमा रहेको एक पसलमा ठुलो आगलागी भएको छ । गए राती करिब ९ बजे राधाकृष्ण चोकमा रहेको एक किराना पसलमा आगलागी हुँदा पसलका माल सामान जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार राति विद्युत् सट भई आगलागी भएको बताइएको छ । राधाकृष्ण चोक स्थित रहेको ललित प्रसाद भट्टको किराना पसलमा लागेको आगोले पसलका माल सामान पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी राजेश शाहीले जानकारी दिए । महाकाली नगरपालिकाको दमकल र सुरक्षा निकायहरुका साथै स्थानीय बासिन्दाहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको पूर्णविवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.