No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले बैतडी प्रदेश सभा (क) का उम्मेदवार पाल चुनावी भेटघाटमा व्यस्त

गोकुलेश्वर। आसन्न प्रतिनिधि सभा निर्वाचनमा बैतढीको प्रदेश सभा क्षेत्र नं. (क) का उम्मेदवार एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालले भेटघाटमा अभियानलाई तीब्र बनाएका छन् ।

उनले टोल,बस्ती,पार्टीका बैठकहरु लगायत भेटघाटमा अभियानलाई तीब्र बनाएका हुन्। औपचारिक रुपमा प्रचारप्रसारका कार्यक्रम शुरु नभएपनि बस्ती भेटघाट र पार्टीका बैठकहरुमा जोड दिइएको पालले बताए । 

शिक्षा,स्वास्थ्य, भोतिक निमार्ण र समृद्ध बैतडी बनाउने बाचासहित उनी गाउँ, पार्टीका बैठक ,टोलबस्ती भेटघाट अभियानमा व्यस्त छन् ।

उनले प्रदेश सभा क्षेत्र नं. (क) विभिन्न पालिका,वडा टोल र वस्तीमा पुगेर जनताहरुसँग भेटघाट गर्ने, सम्बृद्ध बैतडी निर्माणका लागि आफुले गरेका काम र अब गर्ने कार्यहरुलाई जानकारी गराउने लगायतका काम प्रदेश सभा क्षेत्र नं. (क) सम्पुर्णबासीहरु माझ राख्ने गरेका छन् ।

pm office

शिक्षा,स्वास्थ्य, भौतिक निमार्ण लगायतका अन्य मानवीय विकासलाई सँगसँगै लैजानेगरी आफु अगाडि बढेको उनको भनाइ छ ।

सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको दाबी गर्ने एमालेले जिल्लाभरीका टोल बस्तीहरुमा भेटघाटलाई निरन्तरता दिएको हो ।

यस्तै एमालेले बैतडीको प्रतिनिधि सभा सदस्यका लागि प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी र प्रदेश सभा क्षेत्र नं. (ख)का लागि केन्द्रिय सदस्य एवं जिल्ला सहइन्चार्ज लिलाधर भट्टलाई उम्मेदवार बनाएको छ । 

एमालेबाट प्रतिनिधि सभाका लागि दामोदर भण्डारी उम्मेदवार बन्ने निश्चित भएपछि उनी तेश्रो पटक जित हासिल गर्ने दाउमा लागेका छन् । गएको निर्वाचनमा पनि बैतडीबाट निर्वाचित भएका भण्डारीले २०७० सालको संविधान सभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

यस्तै प्रदेश सभा क्षेत्र नं.(ख) मा एमालेका लिलाधर भट्ट दोहोरिने कसरतमा छन् । एमालेबाट उम्मेदवार सुनिश्चित भएपछि उनी पनि अहिले दोश्रो पटक जित निकाल्ने प्रयासमा लागेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.