दार्चुला । जिल्लाको नौगाड गाउँपालिका—४ सिप्टीमा बाटोबाट लडेर अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको छ ।

मृतक बोहराको घर बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
उनका अनुसार बुहारीको माइती घर मार्मा गाउँपालिका— ६ पत्थरकाँडा गइरहेका बोहराको सिप्टी नजिक बाटोबाट लडेर मृत्यु भएको हो ।
उनी बाटोबाट अन्दाजी १० मिटर तल खसेका थिए । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको प्रहरी निरीक्षक शाहीले बताए ।



