No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरले मनायो बिश्व रेबिज दिवस

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका पशुसेवा शाखाको आयोजना तथा भेटेनरी अस्पत्ताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाको सहकार्यमा आज (बुधबार) शैल्यशिखर नगरपालिकामा बिश्व रेबिज दिवस मनाईएको छ ।

शैल्यशिखर नगरपालिका—९ का वडा अध्यक्ष प्रजापति पाण्डेयको अध्यक्षतामा उक्त दिवस मनाईएको हो । कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिका पशु सेवा शाखा प्रमुख मुन्नी धामी खत्रीले नगरपालिका भरिका घरपालुवा तथा छाडा छोडिएका कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाईने बताए ।

कार्यक्रममा स्वास्थ्यशाखा प्रमुख शिवराज जोशी, शैल्यशिखर नगरपालिका—८ का वडा अध्यक्ष केशव राज जोशी लगायत बिभिन्न राजनितीक दल बिभिन्न कार्यलयका प्रमुख एवम् प्रतिनीधिहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संचालन शैल्यशिखर नगरपालिका बिपत् ब्यवस्थापन शाखा प्रमुख तथा पशु सेवाकर्मी राजेशसिंह बिष्टले गरेका थिए ।

pm office

कसरी सर्छ, जोगिने कसरी ?

रेबिज तातो रगत भएका कुकुर, स्याल, हुँडार, मोङ्गोज नामक जङ्गली बिरालो आदिको टोकाइबाट लाग्ने संक्रामक र प्राणघातक रोग हो । रेबिज भाइरस लागेको जनावरले टोकेमा वा घाउ वा चोटपटक लागेको ठाउँमा चाटेमा ¥यालको माध्यमबाट मानिसमा यो रोग सर्छ । चिकित्सकहरू बहुला वा शंकास्पद कुकुर र जङ्गली जनावरले टोकेमा सावधानी अपनाउनुपर्ने बताउँछन् ।

रेबिज भाइरस सार्ने कुकुर र अन्य जनावरले टोकेर छालामा घाउ भएमा वा रगत बगेमा तुरुन्त घाउ सफा गर्ने र चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउनुपर्छ । ईडीसीडीका अनुसार, टोकेको घाउलाई तत्काल ३ देखि ४ पटकसम्म साबुन–पानी वा साबुन उपलब्ध नभए पानीले मात्र भए पनि सफा गर्नुपर्छ ।
घाउ सफा गरेपछि पनि संक्रमण हुनसक्ने भएकाले अस्पताल गएर रेबिज विरुद्धको खोप लगाइहाल्नुपर्छ । घाउ हुने बित्तिकै ७० प्रतिशत इथानोल अल्कोहल वा पोभिडोन आयोडिन लगाएर जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिए पनि जनचेतनाको कमी, कुकुर र मानिसलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुँदा लक्ष्य पूरा गर्न चुनौती छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.