No.1 News Portal from Sudurpashchim Province
bajaj

बाढीपहिरोले बितन्डा मच्चाएको महाकाली र नौगाड पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

pm office

दार्चुला । सरकारले दार्चुलाका दुई स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । यी दुवै पालिकामा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पु¥याउँदै आएको छ ।

यसवर्ष मात्रै बाढी र पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै ९ जना बेपत्ता छन् । वर्षेनी बाढी तथा पहिरोले क्षति गर्न थालेपछि सरकारले यी पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.