No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला बजारमा छोडिएका ५ कुकुरको बन्ध्याकरण

pm office

गोकुलेश्वर । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस “एक स्वास्थ्यको अवलम्वन रेजिवबाट शुन्य निधन” भन्ने मुल नाराका साथ वीहिबारबाट सप्ताह सुरु भएको छ । विश्व रेविज दिवस सप्ताह २०२२ को आज अर्थात सनिवार चौथो दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजना र महाकाली नगरपालिका पशु सेवा शाखाको सह आयोजनामा बजारमा छोडिएका छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

बजारमा छोडिएका छाडा २ भाले र ३ पोथी गरि जम्मा ५ कुकुरहरूको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुला कार्यालय प्रमुख राम बहादुर खड्काले जानकारी दिए । बन्ध्याकरण कार्यक्रम भोलि पनि संचालन हुने छ । नेपालगन्जबाट डा. शिव भुषाल र डा. विशाल पाठक र विज्ञ केन्द्र दार्चुलाको टोलिले कुकुरहरूको वन्ध्याकरण गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.