
गोकुलेश्वर । छाङरुमा हेलिकोप्टरमार्फत ४ सय क्वीन्टल चामलसहित खाद्यान्न ढुवानी गरिने भएको छ । जिल्लाको दुर्गम ठाउँ तिंकरमा १६० र छाङरुमा २४० क्वीन्टल चामल ढुवानी गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बोलपत्र आह्वान गरेको हो । कम्पनीको शाखा कार्यालय दार्चुलादेखि व्याँस गाउँपालिको तिंकर र छाङरुसम्म हेलि मार्फत खाद्यवस्तु ढुवानी गर्न हेलि कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्नुपर्ने छ ।



