No.1 News Portal from Sudurpashchim Province
bajaj

होपरीगाड–खार जोड्ने सडकखण्ड अवरुद्ध

गोकुलेश्वर । दार्चुलाको नौगाड गाउँपालिकाको होपरीगाड–खार जोड्ने सडकखण्ड केही दिन अगाडिको बर्षा संगै आएको पहिरोका कारण कारण सडक अवरुद्ध भएको हो ।

pm office

 उक्त बाटो भएर बिद्यालय जाने लगायत अन्य कामकाजले आवतजावत गर्ने स्थानीयहरुलाई पनि निकै समस्या भएको छ । स्थानीयहरु काठेपुल को निर्माण गरी समस्या टार्दै आएका छन् । बर्षात्को समयमा स्थानीयहरु लाई खोला आएपछि खोला तर्न निकै समस्या हुने गरेको छ । नौगाड गाउँपालिकामा सञ्चालनमा रहेका ग्रामीण कच्ची सडकहरु ठाउँ ठाउँमा अवरुद्ध हँुदा स्थानीय लगायत व्यापारी, बिद्यार्थीहरुलाई आवतजावत गर्न निकै समस्या भएको स्थानीय व्यापारीहरुले बताएका छन । उक्त ठाउमा भएको पक्की पुल पनि समस्या को जोखिममा रहेको छ ।

उक्त समस्या हरुप्रती आफुहरु खटिएर लागेको नौगाड गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष एवम नौगाड गाउपालिका प्रवक्ता राजेन्द्र बोहराले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.