No.1 News Portal from Sudurpashchim Province
bajaj

दुबईमा काम गर्ने नेपाली युवालाई ३५ करोडको चिट्ठा

दार्चुला । दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जित्नुभएको हो ।

pm office

यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उहाँले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्नुहुन्छ । विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेका पनि गल्फ न्युजले जनाएको छ ।

भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने प्रतिक्रिया दिनुभएको छ । यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा भरतले चिट्ठा जिते पनि कार धुने काम नछाड्ने बताउनुभएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.