शैल्यशिखरमा नेकपा एमालेको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
विभिन्न पार्टी त्यागी ५० बढी एमालेमा प्रवेश
गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा आज (सोमबार) नेकपा एमाले शैल्यशिखर नगर कमिटीले आयोजना गरेको नगर कमिटी अगुवा कार्यकर्ता भेला प्रशिक्षण सम्पन्न भएको छ ।

भेलालाई एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले सम्बोधन गर्ने गरेका हुन् । अगामी मंसिर ४ गतेको निर्वाचन लक्षित कार्यकर्ता भेलामा नेता ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष प्रेमसिंह धामी,दार्चुला प्रदेशसभा क्षेत्र नम्बर (ख)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशी,शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी,जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी,जिल्ला कमिटी सहसचिव खडक बडाल लगायत जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको थियो ।
यसैगरी विभिन्न पार्टी परित्यागगरी ५० जना बढीले एमालेमा प्रवेश गरेका छन् ।नवप्रवेशीलाई पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना,जिल्ला अध्यक्ष प्रेमसिंह धामी,प्रदेशसभा क्षेत्र नम्बर (ख) का उम्मेदवार रामदत्त जोशीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।



