गोकुलेश्वर । आज संविधान दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईदैछ । उक्त दिवसको अवसरमा दार्चुला कारागारमा रहेका ७० जना मध्धे राम्रो चालचलन भएका ११ जना कैदीबन्दीको थुनामुक्त गरिएको जेलर रामराज पन्तले बताए ।

कारागारमा ७० जना कैदीबन्दी रहेका थिए । ११ जना थुनामुक्त भएसंगै २ जना महिला सहित अब ५९ जना कैदीबन्दी बाँकी रहेको जेलर पन्तले बताए ।
संबिधान दिवसमा असल चालचालन भएका र मापदण्डमा परेकाका कैदीहरुलाई थुनामुक्त गरिदै आएको छ ।



