No.1 News Portal from Sudurpashchim Province
bajaj

इजरायल-प्यालेस्टाइन युद्ध जारी, ४२ जनाको मृत्यु

गोकुलेश्वर। इजरायल र प्यालेस्टाइनबीच जारी युद्धमा आइतबार एकै दिन ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बालबालिका पनि रहेको बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा गत सोमबारदेखि जारी युद्धमा एकैदिन यति धेरै हताहती भएको यो पहिलो हो ।

pm office

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले यो साताभरीमा इजरायलमा तीन हजारभन्दा बढी रकेट प्रहार गरेका छन् । सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेको जनाइएको छ ।

युद्ध चर्किदै गएपछि अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरे पनि दुबै पक्ष पछि हटेका छैनन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.