दार्चुला। जिल्लाकोे महाकाली नगरपालिकास्थित लास्कु खोलामा अस्थायी पुल निर्माण गरिएको छ । भदौ २४ गते राति आएको बाढीले पुल बगाएपछि त्यहाँ अस्थायी पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै आवतजावतमा सहज भएको छ । दुहुँ र ब्यास गाउँपालिका जोड्न लास्कु खोलामा पुल निर्माण गरिएको हो । सुरक्षाकर्मीको सहयोगमा अस्थायी रुपमा निर्माण गरिएको हो ।
सदरमुकामसँग जोड्ने लास्कु खोलामा रहेको पुल बाढीले बगाएपछि महाकालीका केही बस्ती र दुहु तथा ब्यास गाउँपालिकासँग जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।



