No.1 News Portal from Sudurpashchim Province
bajaj

छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

दार्चुला। जिल्लाको विकट क्षेत्र व्याँस गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमले बुधबारदेखि फोरजी सेवा सुचारु गरेको छ ।

टेलिकमले हेलिकप्टरमार्फत उपकरण ढुवानी गरी जडान गरेर त्रिदेशीय सीमाना पर्ने व्याँसको छाङरुमा फोरजी सेवा सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम दार्चुलाका टेक्निसियन दुर्गा बस्यालले जानकारी दिए ।

फोरजी सेवाका लागि टेलिकमले मालिकार्जुन गाउँपालिका—४ बालीशिखरस्थित रिपिटर स्टेशनबाट व्याँस गाउँपालिकाको ब्रम्हलेक सम्म इक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवस्यक नेटवर्क निर्माण गरेको टेक्निसियन बस्यालले बताए ।

pm office

फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण हेलिकप्टरमार्फत ज्याक्ती र छाङरुका लागि जिल्ला सरमुकाम खलंगाबाट ढुवानी गरिएको थियो ।

छाङरुमा रहेका करिब १ सय २५ घरधुरी र ७ सय बढी जनसंख्या तथा अन्य क्षेत्रका गरी ४ हजार बढी जनसंख्या लाभान्वित हुने टेलिकम दार्चुलाले जनाएको छ।

योसँगै छाङरु नजिकका क्षेत्र लिपुलेक, कालापानी,लिम्पियाधुरा,गुन्जी,नाभी,कुटी तथा टिंकर लगायतका क्षेत्रमा फोरजी सेवा पुगेको छ । सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिने छ ।  ९०० मेगाहर्जको टुजी सेवाको काम पनि सुरु भएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिए । 

फोरजी सेवा सुचारु भएपछि टिंकर,छाङरु,कालापानी,लिम्पियाधुरा,गुन्जी लगायत अन्य ठाउँका स्थानीयहरु खुशी भएका छन् । घरबाट टाढा रहेका आफ्न्तहरुसंग कुराकानी गर्न सहज भएको छाङरुका स्थानीयहले बताएका छन् । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।

व्याँस गाउँपालिका–१ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु मध्ये कुटी, नाभी र गुञ्जी भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक ती गाउँसँगै जोडिएका टिंकर र छाङरुमा नेपाली सुरक्षाकर्मी छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.