गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् ।

मन्त्री परिषदको बिहीबार बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य रहेका विष्टलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले उपाध्यक्ष विष्टलाई सपथ ग्रहण गराउनुका साथै सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका छन् ।
प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका बिष्टको घर दार्चुलाको शैल्यशिखर नगरपालिका—९ मा हो । उनी गोकुलेश्वर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख समेत रहेका थिए ।



