No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर बलात्कार घटना : बलात्कार गरी हत्या गर्ने देवरलाई आजीवन कारावास

गोकुलेश्वर। दार्चुलामा आफ्नी भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी हत्या गर्ने एक अभियुक्तलाई जिल्ला अदालत, दार्चुलाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।

बलात्कार गरी महिलाको खर हालेर आगो लगाई हत्या गर्ने जिल्लाको शैल्यशिखर नगरपालिका—१ बारीलका भोजराज खडायतलाई जिल्ला अदालतले आजीवन कारावासको सजायको फैसला सुनाएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले बताए ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणी १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारवासको सजाय सुनाएको छ ।

pm office

अभियुक्तलाई जबरजस्ती करणीवापत ७ वर्ष जेल र २ लाख रुपैयाँ जरिवाना,हाडनाता करणीमा १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । यस्तै बलात्कार र हत्यापछि मृतकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

मृतक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ ।

गत जेठ २५ गते राति २ बजेतिर भोजराजले जरुरी काम छ, भन्दै भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेका थिए ।

त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी भोजराजले जिउँदै जलाएर अनिभाको हत्या गरेका थिए । 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.