गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाको सहकार्यमा गेटा आखा अस्पतालले गोकुलेश्वरमा सञ्चालन गरेको तीन दिने आखा शिविर आज सम्पन्न भएको छ ।
शिविर संयोजक नरेन्द्र बिष्टका अनुसार गत शनिबार, आईतबार र सोमबार (आज) गरी तीन दिन सम्म शिबिर संचालन गरिएको हो । तीन दिनको अवधिमा ६ सय ४ पुरुष र ५ सय ३५ जना महिला गरी जम्मा १ हजार १ सय ३९ जनाले सेवा लिएका छन् ।

शिविरमा १ सय ६ पुरुष र ९१ जना महिला गरी १ सय ९७ जनाले आँखा सम्बन्धि निशुल्क शल्यक्रिया गरेका छन् भने १ सय ६८ पुरुष र १३२ महिला गरी ३ सय जनाले चस्मा लिएका छन् ।
संयोजक बिष्टका अनुसार भदौ २९ र ३० गते मालिकार्जुन गाउँपालिकाको सहकार्यमा पस्ती र असोज १ देखि ३ गतेसम्म महाकाली नगरपालिकाको सहकार्यमा खलंगामा आँखा शिविर सञ्चालन हुनेछ । आखा शिविरमा मोतिविन्दु लगायतका आँखा सम्बन्धि समस्या भएकाहरुले सेवा लिनहुन आयोजकले अनुरोध गरेको छ ।
डा. स्मद अधिकारी नेतृत्वमा १५ जनाको टोली शिविरका लागि दार्चुलामा छ ।




