No.1 News Portal from Sudurpashchim Province
bajaj

गम्भिर घाइते ५ जनाको हेलिकप्टर मार्फत उद्दार

pm office

गोकुलेश्वर । नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भिर घाइते भएकाहरुको उद्दार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भिर घाइते ४५ वर्षिय बिरेन्द्र ठगुन्ना, वर्ष ४० का जयबहादुर ठगुन्ना, ३५ वर्षिय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षिय रम्भा देवी ठगुन्ना र ३० वर्षिय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्मले जनाएको छ ।

           उनीहरु पहिरोमा परी गम्भिर घाइते भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । गम्भिर घाइते उनिहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था नाजुक रहेको बताइएको छ । गएराती भएको अविरल वर्षाका कारण नौगाड गाउँपालिका–१ सल्ला भन्ने ठाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.