No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाः बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ५ पुग्यो, खलंगामा करिब डेढ दर्जन घरहरू बगे

गोकुलेश्वर । हिजो (शुक्रबार) रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला परेको छ । प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार जिल्लाको नौगाड गाउँपालिका–२ बस्ने अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको छ ।

pm office

 यस्तै, महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको छ । पहिरोले सल्लाका आठ घर पुरिएका खबर प्राप्त भएको छ ।

 उता दार्चुला सदरमुकाम खलंगामा स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । डुङरी र लास्कु खोलामा आएको बाढीले एकै घरका ४ जना बेपत्ता भएको प्रहरी निरीक्षक जानकारी दिए । बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।

 घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । जिल्लाका बाढीपहिरो पीडितका लागि राहत ल्याईएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए । उनका अनुसार राहत बोकेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत हुँदै दार्चुला आईपुगेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.