No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतले बनायो कोरोनाविरुद्धको औषधि, स्वास्थ्यमन्त्री र रक्षामन्त्रीले गरे सार्वजनिक

गोकुलेश्वर। छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंह तथा स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धनले संयुक्त रुपमा उक्त औषधिको सोमबार सार्वजनिक गरेका हुन् ।

pm office

यो औषधि पाउडरको रुपमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । कोरोना विरुद्धको उक्त औषधिको नाम २ डीजी दिइएको छ । यो औषधि सबैभन्दा पहिला दिल्लीको कोभिड अस्पतालमा भर्ना भएका बिरामीलाई दिइने बताइएको छ ।

यो औषधि एक सातामा १० हजारको हाराहारीमा उत्पादन हुने दाबी गरिएको छ । यो औषधि सेवन गरेका ४२ प्रतिशत बिरामीलाई तीन दिनपछि अक्सिजन दिनु नपरेको, दुई दिन अगाडि नै स्वास्थ्य लाभ मिलेको र ६५ वर्षमाथिका बिरामीमा पनि प्रभावकारी देखिएको दाबी गरिएको छ । यो औषधि पानीमा घोलेर बिहान बेलुका बिरामीलाई दिइनु पर्ने उल्लेख गरिएको छ । औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको हो । यो औषधीलाई भारतले आपतकालिन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.