No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा बि.सं २०७० को बाढी फर्कियो, कहाँ कति क्षति ?

गोकुलेश्वर ।  दार्चुलामा बि.सं. २०७० को जस्तै बाढी फेरी आएको छ । शुक्रबार रातिबाट परेको अविरल वर्षाले खासगरी सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । सेतीकालिका संवाददाता हरिश ओडका अनुसार दर्जनौँ घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको र ६ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको उद्धार र खोजी कार्यका लागि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

pm office

               डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख मगरले बताउनुभयो । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पु¥याएको छ । बाढिले घर भत्काउने क्रम जारी रहेको हुँदा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गर्नुभयो । नदी तटिय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखिनै घरबाहिर रहेका छन् । दार्चुलामा बर्षेनी बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षती पुर्याउदै आएको छ ।

को कहाँ कति बेपत्ता र मृत्यु ?
नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु भएको खबर पाईएको छ । स्थानिय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको हो । शुक्रबार राति १ बजे िखसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार भएको छ । नौगाड गाउँपालिका–२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन् । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ । महाकाली नगरपालिकाको डुङ्गरीमा एकै परिवारका धन सिंह कार्की, मानमती कार्की, दिपक कार्की र दिनेश कार्की बेपत्ता रहेका बताईएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.